सभामुख सीके राउतको आरोपप्रति गम्भीर
आफ्नो राजीनामा मागिएको जनमत पार्टीको विज्ञप्तिप्रति सभामुख देवराज घिमिरेले आपत्ति जनाउनुभएको छ । संसदमा कुनै पनि जात, वर्ण, रंग, लिंग, समुदाय, भाषा तथा धर्मको आधारमा विभेद नभएको र नहुने स्पष्ट पार्दै उहाँले जनमतको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।
जनमत पार्टीले मधेश केन्द्रित सांसदहरुमाथि सभामुख घिमिरेले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै राजीनामा मागेको छ । पार्टीले प्रक्रिया पुर्याएर कारवाही गरेको सांसदलाई सभामुख घिमिरेले नातेदार भएकै कारण संरक्षण ग…