दुर्घटना

कुरिनटारमा सवारी दुर्घटना, एक दर्जन बढी घाइते

चितवनको कुरिनटारमा माइक्रो बस र ट्रिपर ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँतर्फ आइरहेको बा.३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट गइरहेको बा.४ख ६४१७ नम्बरको ट्रिपर इच्छाकामना–४ कुरिनटारमा ठोक्किएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइते एक जनालाई उपचारार्थ काठमाडौं पठाइएको छ । १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको बताइएको छ ।

Page 1 of 83