पोल भाडा नतिर्नेलाई टेलिकमको चेतावनी
नेपाल टेलिमकले कोशी प्रदेशका केबल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायकहरुलाई पोल भाडा तिर्न चेतावनी दिएको छ । टेलिकमको प्रादेशिक निर्देशनालय, विराटनगरले आर्थिक वर्ष २०८०/०८१ सम्मको पोलभाडा बापतको रकम जेठ मसान्तभित्र भुक्तानी गर्न सुझाएको छ ।
अन्यथा, असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउने चेतावनी जारी सूचनामा उल्लेख छ । भनिएको छ, ‘यस कम्पनीका कोशी प्रदेशभित्र पोलहरु प्रयोग गर्नुभएका सम्पूर्ण केबल टिभी अपरेटर र आईएसपीहरुले पोल प्रयोग गर्नेसम्बन्धी सम्झौता गरी अनिवार्य रुपमा आव २०८०÷०८१ सम्मको पोलभाडा बापतको रकम मिति २०८१ जेठ मसान्तभित्र यस कम्पनीको नजिकको कार्यालय वा प्रदेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ । सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरुको केबल यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वंय जिम्मेवार हुने जानकारी गराइन्छ ।’
टिप्पणीहरू