अपराध

प्रहरी जवानको हत्यामा तीन महिलासहित छ जनाको संलग्नता

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा पक्राउ परेका छ जनालाई सार्वजनिक गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शंकास्पद अवस्थामा गत शुक्रबार फेला परेको थियो । काठमाडौँको तार्केश्वर–९, मनमैजुस्थित निर्माणाधीन घरमा उनको शव फेला परेको हो ।  …

Page 1 of 183