भारतीय सुरक्षाकर्मी पसेपछि नेपाली किसान तितरबितर

भारतीय सुरक्षाकर्मी पसेपछि नेपाली किसान तितरबितर

भारतसँग सीमाना जोडिएका कतिपय जिल्लामा भारतीय सुरक्षा निकाय र तिनका कर्मचारीले नेपालीलाई दुःख दिने क्रम फेरि बढेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा भारतीय सुरक्षाकर्मीले सीमाना नजिकैको खेतबारीमा खेती गर्न पनि नदिएको हो । उक्त नगरपालिकाको वडा नम्बर–१० स्थित सडकघाट सीमा क्षेत्रमा नेपाली किसानहरूलाई आफ्नो नाममा दर्ता रहेको जमिनमा खेतीपाती गर्न उनीहरुले रोक लगाएका हुन् ।

खेतमा खनजोत गर्न गएको बेला भारतीय सुरक्षा बल (एसएसबी) को टोलीले खेतमै आएर किसानहरुलाई तितरबितर पारेको हो ।

टिप्पणीहरू