विदेशी मुद्रा सञ्चिती घट्दो, विदेश भ्रमणको दिन र टोली बढ्दो
मुलुकको विदेशी मुद्रा सञ्चिति घटेपछिको हालत कस्तो हुन्छ भनेर टाढा हेर्न जान पर्दैन । नजिकैको श्री लंकालाई हेरे पुग्छ ।
अहिले उक्त मुलुक चरम आर्थिक संकटमा फसेको छ । अत्यावश्यक औषधि,खाद्यान्न र पेट्रोलियम पदार्थ खरिद गर्न पनि विदेशीको मुख ताक्नुपर्ने भएको छ ।
यता हाम्रो हालत पनि दिनहुँ खस्कँदो छ । विदेशी मुद्राको आयस्रोतभन्दा खर्च धेरै हुन थालेको छ । विदेशी मुद्राको खर्च कटौती गर्न सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको छ । तर,कोरोना महामारी घटेको मौका छोपेर सरकारी अधिकारीहरु विदेश सयरमा निस्कने क्रम ह्वात्तै बढेको छ ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १० दिन लामो विदेश भ्रमणमा निस्कनुभएको छ । उहाँसँगै थप सात जना सदस्य पनि अफ्रिका जाने टोलीमा छन् ।
मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह,नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल,नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडालगायतको टोली अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा
पर्सिदेखि हुन लागेको सम्मेलनमा सहभागी हुन हिजो साँझ दुबई हुँदै रुवान्डा जानुभएको हो ।
टिप्पणीहरू