यात्रुले भरिभराउ बस पुलबाट खस्यो, ९ जनाको मृत्यु

यात्रुले भरिभराउ बस पुलबाट खस्यो, ९ जनाको मृत्यु

रुपन्देहीमा यात्रुवाहक बस खोलामा खस्दा नौ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

घाइतेहरूको मेडिकल कलेज र भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । दुर्घटनामा एक जना महिला र आठ जना पुरुषको मृत्यु भएको भनिए पनि परिचय खुलेको छैन । प्रहरीले थप विवरण समेत दिएको छ्रैन ।

जनपुरबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट आज बिहान खोलामा खसेको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । तर प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

टिप्पणीहरू