बहालरत सचिव काशी प्रस्थान
नेपाल सरकारका एक जना सचिव अस्ति काशी जानुभएको छ । पूर्व गृहसचिव तथा हाल पर्यटन सचिव रहनुभएका महेश्वर न्यौपाने सपरिवार काशी जानुभएको हो ।
उहाँ केही दिनअघि मात्र एनसेलको मुध्दा लड्न अमेरिका र न्यूजिल्याण्डको लामो यात्रा गरेर स्वदेश फर्कनुभएको थियो ।
शुक्रवार सचिव न्यौपाने बुद्ध एअरको उडानमा बिहान सवा ७ बजे काठमाडौंबाट भारतको बनारसतर्फ जानुभएको हो । उहाँको साथमा परिवारका अन्य तीन जना सदस्य पनि रहनुभएको बताइन्छ ।
हिन्दू परम्परामा बनारसलाई सक्रिय जीवनबाट अवकाश लिने उमेर पुगेका मानिस भौतिक सुख सयलबाट टाढा रहने र धार्मिक कार्यमा सक्रिय हुने ठाउँको रुपमा लिइन्छ ।
टिप्पणीहरू