७ वटा क्यासिनोमा एकैसाथ छापा, १३ जना पक्राउ

७ वटा क्यासिनोमा एकैसाथ छापा, १३ जना पक्राउ

प्रहरीले सात वटा क्यासिनोमा एउटै समयमा छापा मारेको छ । नेपालगञ्जका क्यासिनोमा नेपालीहरुलेसमेत जुवा खेल्ने गरेको उजुरी परेपछि प्रहरीले छापा हानेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसभित्रको सिटीइ गेमिङ क्लब क्यासिनोबाट छ जना नेपालीलाई पक्राउ गरिएको छ । अन्यत्र नेपाली फेला नपरेको प्रहरीको दाबी छ ।

अस्ति आइतबार पनि सोही क्यासिनोबाट सात जना स्थानीय युवालाई प्रहरीले पक्रेको थियो । विगत केही समयदेखि नेपालगञ्जका क्यासिनोमा विदेशीभन्दा स्वदेशी जुवाडेको बिगबिगी रहेको खबर बाहिरिएको थियो ।

टिप्पणीहरू