एमालेले देशभरका जनप्रतिनिधिलाई बोलायो, असार २ गते बिहानसम्म आउनै पर्ने

एमालेले देशभरका जनप्रतिनिधिलाई बोलायो, असार २ गते बिहानसम्म आउनै पर्ने

नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई राजधानी काठमाडौं बोलाएको छ । उसले आवश्यक प्रशिक्षणको निम्ति बोलाइएको बताएको छ ।

दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको निम्ति असार २ र ३ गते राजधानी छनौट गरिएको हो । २ गते दिउँसोबाट प्रशिक्षण सञ्चालन गर्न लागिएकाले सहभागीहरुलाई सोही दिन बिहानसम्म काठमाडौं आइसक्न भनिएको छ ।

महासचिव शंकर पोखरेलको हस्ताक्षरमा गरिएको पत्राचारमा अनिवार्य उपस्थितिको निम्ति आग्रह गरिएको हो ।

टिप्पणीहरू