जापानी राजदूत पनि जंगी अड्डामा
नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा उहाँहरुबीच दुई मुलुकबीचको आपसी हित तथा पारस्परिक सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
टिप्पणीहरू