कैलालीमा गर्मी बढ्यो, अब स्कुल बन्द

कैलालीमा गर्मी बढ्यो, अब स्कुल बन्द

कैलालीको गोदावरी नगरपालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अत्याधिक गर्मी बढेपछि बिदा दिने निर्णय गरेको हो ।

शाखाले आज नगरअन्तर्गतका सबै विद्यालयलाई परिपत्र गर्दै आगामी जेठ ३१ गतेसम्म बिदा दिन अनुरोध गरेको छ ।

नगरपालिकाभित्रमा सबै विद्यालयहरुमा लामो बिदाबाट मिलान हुनेगरी बिदा दिन पत्रमा भनिएको छ ।

टिप्पणीहरू