चट्याङ लागेर यादवद्वयको प्रणान्त

चट्याङ लागेर यादवद्वयको प्रणान्त

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर स्थानीय ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको निधन भएको हो ।

दिउँसो गाईभैंसी चराउन खेतमा गएका बेला उनीहरुलाई चट्याङ लागेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि स्थानीइ लाइफ लाइन केयर हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिप्पणीहरू