अब तनहुँमा पनि सवारी साधन दर्ता हुने
तनहुँको बन्दिपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी साधन दर्ता हुने भएको छ । कार्यालयले सूचना जारी गर्दै हिजोदेखि सवारी साधन दर्ता गर्ने कार्य थालिएको जानकारी गराएको हो ।
त्यहाँबाट सवारीसाधन दर्ता कार्य सुरु भएसँगै उक्त क्षेत्रका नागरिकले पोखरा जानुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।
टिप्पणीहरू