बाबाको ढावामा जसपा कार्यकर्ताबीच कुटाकुट

बाबाको ढावामा जसपा कार्यकर्ताबीच कुटाकुट

जनता समाजवादी पार्टीका उम्मेदवारहरुमाथि स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको, नेतृत्वले आफू अनुकूल उम्मेदवार चयन गरेको र उनीहरुबीच एउटै धारणा नभएकाले पार्टीले पराजय भोग्नुपरेको बताइएको छ ।

जनता समाजवादी पार्टीको अस्ति धनुषामा भएको समीक्षा बैठकमा नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा दुई पक्षबीच धनुषाको होटल बाबाको ढावामा हात हालहाल भएको हो ।

स्थानीय तहको निर्वाचन समीक्षा गर्ने क्रममा भएको अन्तर्घातको कुरो उठेपछि नेता र कार्यकर्ताहरु एकाएक झगडा गर्ने आशयले चर्को बहसमा उत्रिएका थिए । सामान्य विवाद चर्कंदै जाँदा उनीहरुबीच एकापसमा झडप भएको हो ।

झडपमा तीन जना घाइत भएको सहभागीहरुले बताएका छन् । यता हिजो सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठमाथि जसपाका सांदले कार्यकक्षमै हात उठाएका छन् । जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री श्रेष्ठलाई सोही पार्टीका सांसद रामबाबु यादवले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।

मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि उनी भौतिक हमलामा उत्रिएको बताइएको छ ।

त्यतिबेला जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यहिँ थिए । सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको स्वीकारे । ‘मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ, उहाँ पनि केके भनिरहनु भएको थियो,’ उनले भने ।

टिप्पणीहरू