नेकपा एकीकृत समाजवादीले तालिम नदिने
नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण हाललाई स्थगित गरेको छ । आगामी असार ५ र ६ गतेका लागि पूर्वनिर्धारित तालिम तत्कालका लागि स्थागित गरेको पार्टीले जनाएको हो ।
हालै सम्पन्न स्थानीय चुनावमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीले प्रशिक्षण दिने तयारी गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।
यसअघि माओवादी केन्द्र र एमालेले पार्टीबाट चुनाव जितेका आफ्ना जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिएको थियो ।
टिप्पणीहरू