तनहुँमा चितुवाको आक्रमण, बालिका घाइते

तनहुँमा चितुवाको आक्रमण, बालिका घाइते

चितुवाको आक्रमणबाट तनहुँमा बालिका घाइते भएकी छन् । बन्दीपुर गाउँपालिका–४ टावरमा हिजो साँझ बालिका चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।

चितुवाले आठ वर्षीया रियाना थापामाथि आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते बालिकाको डुम्रेस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको घाँटीमा चिथोरेको थिया । खतरामुक्त अवस्थामा रहेकी बालिकाको उपचार भइरहेको छ ।

बजारबाट घर जाँदै गरेका बाबुआमा भएकोतर्फ दौडिँदै गएकी बालिकालाई चितुवाले आक्रमण गरेको थियो । पछि बाबुआमा पुग्नेबितिक्कै चितुवा भागेको बताइन्छ ।

टिप्पणीहरू