ट्वाइलेट दिने बैंकलाई करछुट नहुने

ट्वाइलेट दिने बैंकलाई करछुट नहुने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैंकलाई करछुट नहुने बताएका छन् ।

आज बसेको कार्यपालिका बैठकमा उनले रेस्टुरेन्टमा हुने करछुट बैंकलाई नहुने बताएका हुन् । ‘रेस्टुरेन्टभन्दा बैंकको कर धेरै हुन्छ । सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भनेका छौँ ‘, मेयर बालेन्द्रले भने, ‘रेस्टुरेन्ट बिहानैदेखि खुल्छ ,रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छाैँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैँकले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् ।’

महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता दिने पनि उनले बताएका हुन् । साथै स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने तयारी भैरहेको पनि उनको भनाइ छ ।

टिप्पणीहरू