नेपाल आएका दक्षिण अफ्रिकी महिलाको सुटकेशमा कोकिन

नेपाल आएका दक्षिण अफ्रिकी महिलाको सुटकेशमा कोकिन

हिजो बेलुकी युएइबाट फ्लाई दुबईको उडानमा काठमाडौं आएका दक्षिण अफ्रिकी दुई महिला यात्रुको सुटकेशमा कोकिन फेला परेको छ । ।

पासपोर्ट नम्बर ए ०७३७६९८१ की मुरिएल डेडुक्वाजी थेम्बेनी साम्बा र ए ०९८२४५७० नम्बरको पासपोर्ट बोकेकी थान्डेकिले सिबेसीको लगेज जाँच्दा लागुपदार्थ फेला परेको हो ।

प्रहरीका अनुसार सुटकेशभित्र लुकाएर ल्याइएको उक्त लागुपदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो,कोटेश्वरले अनुसन्धान थालेको छ । बरामद कोकिनको परिमाणबारे प्रहरीले बिस्तृत जानकारी दिएको छैन ।

टिप्पणीहरू