इटहरीमा घरभित्र पसेको चितुवा समातियो
सुनसरीको इटहरीमा घरभित्र पसेको चितुवा समातिएको छ । मानव बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार चितुवा इटहरी ६ का मनोहर कार्कीको घरमा पसेको थियो ।
वन्यजन्तु विज्ञको टोलीले नियन्त्रणमा लिएको चितुवालाई खोरमा थुनिएको छ । चितुवालाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । आवश्यक औषधी उपचारपछि पुनः जंगलमा छाडिने प्रहरीको भनाइ छ ।
टिप्पणीहरू