अर्थमन्त्री शर्माको जवाफ एमालेले नसुन्ने

अर्थमन्त्री शर्माको जवाफ एमालेले नसुन्ने

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको निम्ति विनियोजित बजेटबारे अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने बैठकमा भाग नलिने चेतावनी दिएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेटको विषयमा अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले बजेट निर्माण क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे मन्त्रालयमा छिराएको भन्ने गम्भिर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको उल्लेख गर्नुभयो ।

‘अर्थमन्त्रीज्यूको काम र क्रियाकलापमाथि यति गम्भिरतापूर्वक प्रश्न उठेपछि एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफलमा भाग लिन तयार छैन,’ उहाँले भन्नुभयो, ‘आजको कार्यसूचीबाट अर्थमन्त्रीको जवाफ हटाइयोस् । त्यसपछि मात्रै अरु मन्त्रालयहरुसँग सम्बन्धित छलफलमा बस्छौं, छलफल गर्छौं, सभामुखको आग्रह स्वीकार गर्छौं ।’

प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचीमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाए मात्रै बैठकमा भाग लिने जानकारी दिनुभएको हो ।

टिप्पणीहरू