‘विदेशीलाई चार्टर्ड एकाउण्टेण्ट बनाएर बजेट महाशाखा छिराइयो’

‘विदेशीलाई चार्टर्ड एकाउण्टेण्ट बनाएर बजेट महाशाखा छिराइयो’

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा आफ्नो कार्यकक्षमा विदेशी नागरिक छिराएको विषयमाथि संसदमा चर्को बहस भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट महाशाखामा विदेशीलाई छिराएर बजेट बनाइएको आरोप लगाउनुभएको हो ।

अर्थमन्त्रालयमा छिरेका दुईमध्ये एक जना नेपाली भए पनि अर्को विदेशी नागरिक भएको दाबी गर्दै सांसद सुवालले ती व्यक्तिको परिचय खुलाउन माग गर्नुभएको हो । उहाँका अनुसार सिए अर्थात् चार्टर्ड एकाउण्टेण्ट भनिए पनि ती विदेशी नागरिक नै भएको ठोकुवा गर्दै ती को हुन् ? भनेर प्रश्न गर्नुभएको छ ।

’विदेशी नागरिक अर्थ मन्त्रालयमा कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीजीले कसरी बाटो दिनुभयो ? सुवालको प्रश्न छ, ‘विदेशीलाई अर्थमन्त्रालय छिराएवापत कति कमिसन पाइयो सरकारले संसदलाई जानकारी देओस् ।’

अर्थमन्त्रीले कुन–कुन उद्योगलाई कति कर छुट दिएको हो त्यसको स्पष्ट जानकारी गराउनुपर्ने सुवालको माग छ ।

टिप्पणीहरू