नेविसंघले बिजुली चुल्हो माग्यो
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो वितरण गर्न माग गरेको छ ।
आज वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो वितरण गर्न आग्रह गरेको हो ।
बदलिँदो सामाजिक र आर्थिक परिवेशमा विद्यार्थीका समस्या साझा रहेको उल्लेख गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ज्ञापनपत्र बुझाएका हुन् ।
साथै, आदिवासी, दलित, जनजाति विद्यार्थीलाई सहुलियत विद्युतीय चुल्हो वितरण गर्ने केन्द्रको गत जेठ २५ गतेको निर्णय स्वागतयोग्य रहेको नेविसंघले जनाएको छ ।
टिप्पणीहरू