बौद्धको गेष्ट हाउसमा महिलामाथि सामूहिक बलात्कार
बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जबरजस्ती करणीको अभियोगमा बौद्धस्थित लुङ्ता गेष्ट हाउसका सञ्चालकसहित चार जना समातिएका हुन् ।
पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिञ्जेन शेर्पा, सर्लाहीको बागमती नगरपालिका–४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का गेष्ट हाउस सञ्चालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा हुन् ।
पीडित युवतीलाई अस्ति राति तीन जना पुरुष जबरजस्ती करणी गरेर फरार भएका थिए । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बौद्धका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू