क्यानमाथिको आइसीसी ‘कन्ट्रोल’ क्लिएर
विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फण्डिङ’ फुकुवा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको हो ।
२०७६ सालमा क्यानको नयाँ निर्वाचित केन्द्रीय समिति आएपछि आईसीसीले निलम्बन फुकुवा गरे पनि फण्डिङ भने नियन्त्रणमै राखेको थियो । निलम्बन फुकुवा यता उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै आइसीसीले ‘कन्ट्रोल फण्डिङ’ हटाएको क्यानले जनाएको छ ।
‘कन्ट्रोल फण्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एक दिवसीय मान्यताप्राप्त अन्य एसोसिएट देशहरुसरह आर्थिक गतिविधि गर्न पाउने भएको छ ।
टिप्पणीहरू