जंगली च्याउ खाएका दुई बिते, अरुको काठमाडौंमा उपचार हुँदै

जंगली च्याउ खाएका दुई बिते, अरुको काठमाडौंमा उपचार हुँदै

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने हुन् ।

ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा र मनमायाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीय राजन विष्ट र उनकी तीन वर्षीया छोरी सरिस्मा विष्टलाई थप उपचारको निम्ति नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले कुन किसिमको च्याउ खाएको भन्नेबारे अझै थाहा नभएको निरीक्षक दासले बताए ।

टिप्पणीहरू