काँग्रेस वामपन्थीहरुसँग मिलेका कारण लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त भएको राजेन्द्र महतोको दाबी
लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढेको कारण लोकतान्त्रिक मूल्य मान्यतामा क्रमशः ह्रास आएको बताएका छन् । उनले त्यस्तो साँठगाँठले उक्त मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने निश्चित भएको दाबी गरेका छन् ।
राष्ट्रिय राजनीतिमा देखिएको नयाँ ध्रुवीकरणको सम्भावनालाई संकेत गर्दै महतोले वामपन्थी शक्ति बलियो बनेपछि लोकतान्त्रिक शक्ति कमजोर हुने बताएका हुन् । पछिल्लो दिनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपाका नेताहरुको भेटघाट बाक्लिएको सन्र्दमा महताको उक्त भनाइ सार्वजनिक भएको हो ।
आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । सत्तारुढ गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउनुपर्ने लोसपाको घुमाउरो माग रहेको बताइन्छ ।
यता प्रधानमन्त्रीले उक्त पार्टीलाई सरकारमा सामेल हुन पटक पटक आग्रह गर्दै आउनुभएको छ । तर लोसपाले नागरिकता विधेयकलगायत विषयको माग दोहोर्याउँदै अन्तर्यमा गठबन्धनमा रहेका वामपन्थी दल र जसपालाई सत्तारुढ गठबन्धनबाट एक्ल्याउनुपर्ने धारणा राखेको सहजै अनुमान लगाउन सकिन्छ ।
टिप्पणीहरू