राष्ट्रपति भण्डारी कमलपोखरी जाने

राष्ट्रपति भण्डारी कमलपोखरी जाने

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले केही बेरपछि शीतल निवासबाट कमलपोखरी जानुुहुने भएको छ । उहाँ लोक सेवा आयोगको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कार्यालय समयमा त्यसतर्फ जान लाग्नुभएको हो ।

आज आयोगको ७२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोग केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रपति भण्डारी साढे १० बजे त्यहाँ पुग्नुहुने आयोग स्रोतले बताएको छ ।

कार्यक्रममा सहभागिताको लागि उपसचिव देवीप्रसाद सुवेदीको हस्ताक्षर भएको निमन्त्रणा पत्र अस्ति सबैतिर पुर्याइएको थियो ।

टिप्पणीहरू