वर्थ डे पार्टीमा आगलागी, आठ जना बिते
इरानको राजधानी तेहरानमा जन्मदिनको उपलक्ष्यमा आयोजना गरिएको भोजमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको छ । एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानीको पश्चिम भागमा रहेको एन्डिसेह उपसहरमा हिजो साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको हो ।’
रेस्टुरेन्टमा तीब्र रुपमा आगो फैलिएका कारण उक्त दुःखद् घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टिप्पणीहरू