माधवको सामुन्ने प्रचण्डले प्रधानमन्त्रीलाई भन्नुभयो ‘हुँदै हुँदैन’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री भेट्न आज बिहान बालुवाटार पुग्नुभएका प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्न आग्रह गर्नुभएको हो ।
प्रचण्डले सुझाव दिनुअघि देउवालाई ‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्न लाग्नुभएको हो ?’ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा देउवाले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शीर निहुर्याउने गरि भएका कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।
प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो । त्यसअघि आजै बिहान गृहमन्त्री बालकृष्ण खाँणले अध्यक्ष दाहाललाई उहाँकै निवास खुमलटार पुगेर भेट्नुभएको थियो ।
लगत्तै दाहाल र नेपाल प्रधानमन्त्रीसँग भेटन् बालुवाटार जानुभएको हो ।
टिप्पणीहरू