भारतीय प्रेस काउन्सिलमा पहिलोपटक महिला न्यायाधीश अध्यक्ष नियुक्त

भारतीय प्रेस काउन्सिलमा पहिलोपटक महिला न्यायाधीश अध्यक्ष नियुक्त

भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश रञ्जनाप्रकाश देसाईलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश रञ्जनाको नियुक्तिबारे राजपत्रमा लेखिएको छ, ‘भारत सरकारले आज श्रीमती रञ्जनाप्रकाश देसाईलाई प्रेस काउन्सिल अफ इण्डियाको अध्यक्षमा नियुक्त गरेको छ ।’देसाईलाई भारतीय प्रेस काउन्सिल ऐन, १९७८ को धारा ६,उपदफा १ का साथै धारा ५ को उप–दफा (२) अनुसार अध्यक्षमा मनोनयन गरिएको हो ।

देसाईले यसअघि जम्मु र कश्मिरमा सीमाङ्कन आयोग अध्यक्षको रूपमा पनि काम गर्नुभएको थियो । त्यसअघि उहाँले महाराष्ट्र राज्यका लागि सरकारी वकिल र मुम्बई उच्च अदालतमा न्यायाधीशको रूपमा काम गर्नुभयो ।

देसाई सर्वोच्च अदालतबाट सेवानिवृत्त भएपछि विद्युत्सम्बन्धी पुनरावेदन न्यायाधीकरणको अध्यक्षसमेत हुनुहुन्थ्यो ।

टिप्पणीहरू