माओवादीबाट निर्वाचित वडाध्यक्ष सुतेको सुत्यै
जाजरकोटमा एक जना वडाध्यक्ष सुतेको ओछ्यानमै बितेका छन् । कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको हो ।
शुक्रबार राति खाना खाएर घरमै सुतेका अध्यक्ष घर्ती हिजो बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
उनको निधन बारे प्रहरीले हिजैदेखि अनुसन्धान थालेको छ ।
टिप्पणीहरू