एमाले नेतामाथि देशैभरि कार्वाही शुरु
स्थानीय तह निर्वाचनमा देशभरि अनपेक्षित परिणाम आएपछि आन्तरिक विवादमा फसेको नेकपा एमालेमा कारवाहीको सिलसिला शुरु भएको छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले अन्तर्घातका कारण पार्टी पराजित भएको प्रतिक्रिया दिएपछि कार्यकर्ता तहमा चर्केको विवाद आरोप-प्रत्यारोप हुँदै कुटाकुटसम्मको स्थितिमा पुगेका बेला कैलाली जिल्ला अध्यक्षलाई २३ बुँदे स्पष्टीकरण पत्र थमाइएको हो ।
जिल्ला इञ्चार्ज तथा सांसद नारदमुनी रानाले तीन दिनभित्र जवाफ माग्दै अध्यक्ष रतन थापामाथि दर्जनौँ आरोपसहित स्पष्टीकरण सोधेका छन् । रानाद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
जेठ २२ गते लम्कीचुहा र २६ गते घोडाघोडी नगरपालिकाको निर्वाचन परिचालन मूल कमिटीको समीक्षा बैठकको निर्णयका आधारमा अध्यक्ष थापाले अन्तर्घात गरेको आशंका गर्ने प्रशस्त आधार रहेकाले तीन दिनभित्र जिल्ला पार्टी कार्यालयमा जवाफ उपलब्ध गराउन निर्देशसहित स्पष्टीकरण सोधेको जनाइएको छ ।
स्थानीय तह निर्वाचनमा देशभरी अनपेक्षित परिणाम आएपछि आन्तरिक विवादमा फसेको नेकपा एमालेमा कारवाहीको शिलशिला शुरु भएको छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले अन्तर्घातका कारण पार्टी पराजित भएको प्रतिक्रिया दिएपछि कार्यकर्ता तहमा चर्केको विवाद आरोप-प्रत्यारोप हुँदै कुटाकुटसम्मको स्थितिमा पुगेका बेला कैलाली जिल्ला अध्यक्षलाई २३ बुँदे स्पष्टीकरण पत्र थमाइएको हो ।
“अध्यक्ष जितेपछि दैनिकरुपमा पार्टी कार्यालय किन सन्चालन नगरेको, आफ्नो कार्यकक्षमा कतिपटक जानुभयो,पार्टी कार्यालयलाई किन विरोधीको अखडाजस्तो बनाएको ? लगायतका प्रश्न स्पष्टीकरण पत्रमा सोधिएको छ । त्यस्तै,पार्टी अध्यक्ष केपी ओलीलाई अपशव्द बोलेको आरोप पनि अध्यक्ष थापामाथि लागेको छ । ओलीलाई अपशव्द बोलेको भन्दै ‘श्रध्देय अध्यक्ष क. केपी ओलीलाई अपुतो जस्तो तुच्छ शव्द किन प्रयोग गर्नुभयो ?’
जिल्ला इञ्चार्ज तथा सांसद नारदमुनी रानाले तीन दिनभित्र जवाफ माग्दै अध्यक्ष रतन थापामाथि दर्जनौँ आरोपसहित स्पष्टीकरण सोधेका छन् । रानाद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
जेठ २२ गते लुम्कीचुहा र २६ गते घोडाघोडी नगरपालिकाको निर्वाचन परिचालन मूल कमिटीको समीक्षा बैठकको निर्णयका आधारमा अध्यक्ष थापाले अन्तर्घात गरेको आशंका गर्ने प्रसस्त आधार रहेकाले तीन दिनभित्र जिल्ला पार्टी कार्यालयमा जवाफ उपलब्ध गराउन निर्देशसहित स्पष्टीकरण सोधेको जनाइएको छ ।
‘स्थानीय चुनावमा जिल्ला अध्यक्षको हैसियतले पार्टीका उम्मेदवारलाई जिताउने योजनामा लाग्नुपर्नेमा चुपचाप बस्नुको कारण के हो ? तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवार महादेव बजगाई र उपप्रमुखका उम्मेदवार जुना चौधरीसहित केही वडाध्यक्षहरुलाई हराउन योजना बनाई अन्तर्घात गरेको भनी लम्किचुहा नगरपालिकाको निर्वाचन परिचालन मूल कमिटीको मिति २०७९ जेठ २२ गतेको समीक्षा बैठकको निर्णय र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन कमिटीको जेठ २६ गतेको बैठकले गरेको निर्णय र नोटका आधारमा तपाईंमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा भनाइ के हो ? तपाईंले निर्वाचनमा असहयोग,अन्तर्घात गरेको हो कि होइन ?’, थापालाई गम्भीर प्रश्न सोधिएको छ ।
अध्यक्ष जितेपछि दैनिकरुपमा पार्टी कार्यालय किन सन्चालन नगरेको, आफ्नो कार्यकक्षमा कतिपटक जानुभयो,पार्टी कार्यालयलाई किन विरोधीको अखडाजस्तो बनाएको ? लगायतका प्रश्न स्पष्टीकरण पत्रमा सोधिएको छ । त्यस्तै, पार्टी अध्यक्ष केपी ओलीलाई अपशव्द बोलेको आरोप पनि अध्यक्ष थापामाथि लागेको छ । ओलीलाई अपशव्द बोलेको भन्दै ‘श्रध्देय अध्यक्ष क. केपी ओलीलाई अपुतो जस्तो तुच्छ शव्द किन प्रयोग गर्नुभयो ?’, रानाले कडिकडाउसँग सोधेका छन् ।
त्यस्तै,महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट,स्थायी कमिटी सदस्य कर्ण थापा,जिल्ला इञ्चार्ज नारदमुनि राना,सहइञ्चार्जहरु गौरीशंकर चौधरी,कमला ओली, सन्तोष शर्मालगायतलाई अध्यक्षबाट राजिनामा दिन धम्कि दिएको, उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा धनगढीको सौराइ होटलमा बसेको जिल्ला पदाधिकारी बैठकमा केन्द्रीय नेतृत्वलाई अमर्यादित शब्द प्रयोग गरेर धम्क्याउनुको कारण मागिएको छ।
स्पष्टीकरण पत्रमा अध्यक्ष थापाले बागी उम्मेदवारलाई सम्झाउने प्रयत्न नगरेको,जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नराखेको,एमालेले एक सिट पनि जित्दैन भनेर कुप्रचार गर्दै हिँडेको,आफ्ना उम्मेदवारलाई जसरी पनि तह लगाउँछु भनेर सार्वजनिक अभिव्यक्ति दिएको,लम्कीचुहाका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई नहराई आफ्नो मिशन पूरा हुँदैन भनेर आफ्नो घरमा कार्यकर्ता बोलाएर शुरुका दुई सूर्य छोडेर भोट हाल्नु भनी उर्दी दिएकाले चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
साथै, कांग्रेससँग साँठगाँठ गरेर आफ्ना उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको आरोप पनि थापामाथि छ ।

टिप्पणीहरू