सेयर कारोबारीले प्रचण्डपछि आज गभर्नरको घर घेर्ने
पुँजी बजार अर्थात् सेयर बजारमा लगानी गर्दै आएकाले सरकारी नीतिका कारण धेरै घाटा भएको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवास हिजो घेरेका छन् ।
माओवादी केन्द्रका अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार अनुकूलको बजेट र नीति तर्जुमा नगरेको भन्दै अध्यक्षको घर घेरिएको उनीहरुको भनाइ छ । यसअघि प्रधानमन्त्री,अर्थमन्त्री,नेपाल राष्ट्र बैंकका प्रवक्तालाई भेटेर आगामी मौद्रिक नीतिमा सेयर कारोबारीलाई उकास्ने व्यवस्था लागु गर्न उनीहरुले अनुनय,विनय गरेका थिए ।
कारोबारीले आमरण अनसन गरेर दबाबसमेत दिए । आज उनैले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ललितपुरको नख्खू जेल पश्चिमको घरमा धर्ना दिन लागेका हुन् । दिउँसो १ बजे तीन हजार मानिस जम्मा पारेर अधिकारीको घर घेर्ने बताएका छन् ।
हिजो साँझ प्रचण्ड निवास वरिपरि सेयर कारोबारी र अन्य गर्दा मुश्किलले डेढ सयको हाराहारीमा थिए ।
टिप्पणीहरू