सभामुख विदेश हिँडेपछि एक साता संसद बैठक नचल्ने

सभामुख विदेश हिँडेपछि एक साता संसद बैठक नचल्ने

प्रतिनिधिसभा बैठक चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा आज विदेश उड्नु भएको छ ।

निजी सचिव गोविन्द पाठकलाई लिएर उहाँ बिहान पश्चिम एसियाली मुलुक अजरबैजान भ्रमणका लागि निस्किनुभएको हो । पाँच दिने भ्रमणका लागि बाकु जानुभएका सभामुख सापकोटा आगामी असार १९ गते नेपाल फर्किनु हुने कार्यक्रम छ ।

उहाँ विदेश हिँडेपछि एक साताको लागि संसद बैठक स्थगित हुने भएको छ ।

टिप्पणीहरू