भारतमा साउन २१ गते उपराष्ट्रपति चुनिँदै
भारतमा नयाँ उपराष्ट्रपतिको निम्ति निर्वाचन हुने भएको छ । आगामी अगष्ट ६ तारिखका दिनलाई निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
वर्तमान उपराष्ट्रपति एम बेँकैया नायडुको कार्यकाल अगष्ट १० मा सकिँदैछ । निर्वाचन आयोगले नयाँ उपराष्ट्रपतिको चुनाव त्यसअघि नै गर्न लागेको हो ।
उप राष्ट्रपतिमा उम्मेदवारी दिनेले जुलाई १९ भित्र आवेदन गर्नुपर्ने छ । जुलाई २२ का दिन उम्मेदवारी फिर्ताको अन्तिम मिति तय गरिएको छ ।
भारतीय संसदका दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनमा मतदान गर्नेछन् । गोप्य मतदानमा कुनै पनि राजनीतिक दलले ह्वीप जारी गर्न नपाउने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू