सशस्त्रमा थपिँदै पाँच दर्जन डिएसपी

सशस्त्रमा थपिँदै पाँच दर्जन डिएसपी

सशस्त्र प्रहरी बलका ५६ जना निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा गर्न लागिएको छ । बढुवा समितिले रिक्त दरबन्दीमा ५६ जनाको नाम सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बल नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवामा उनीहरुको नाम सिफारिस गरिएको बताइएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ छन् ।

त्यसैगरी, छविलाल रावत,राजनविक्रम कार्की, धनबहादुर राना मगर,बिलबहादुर फोजु,प्रमोद राय,नरेशकुमार खड्कालगायत अन्य पनि सिफारिसमा परेका छन् ।

बढुवा सिफारिसउपर चित्त नबुझेमा एक साताभित्र उजुरी दिन सकिनेछ । सिफारिस भएका उम्मेदवारको नाम सबै संलग्न सूचीमा हेर्न सकिन्छ ।

टिप्पणीहरू