माओवादी नेताहरु लैनचौरमा,जसपाका ठूला जम्मै कोटेश्वरमा

माओवादी नेताहरु लैनचौरमा,जसपाका ठूला जम्मै कोटेश्वरमा

जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजनोन्मुख भएपछि दुवै समूहका नेताहरुको भेटघाट र दौड निकै चाखलाग्दो भएको छ ।

हिजो लैनचौरस्थित उपराष्ट्रपति निवासमा उपराष्ट्रपति नन्दकिशोर पुन,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हिजो बिहानदेखि मध्यान्हसम्म छलफल भएको हो ।

हिजै डा. भट्टराई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्न नेपाल निवास कोटेश्वर पुग्नुभयो । उहाँ अध्यक्ष नेपालसँग भेट्न साँझ जानुभएको हो । डा.भट्टराईसँगको भेटमा श्रममन्त्री शेरबहादुर कुँवर पनि हुनुहुन्थ्यो ।

उता खुमलटारस्थित दाहाल निवासमा अध्यक्ष दाहाल र माओवादी नेता गिरिराजमणि पोखरेलबीच हिजै बिहान भेटवार्ता भएको थियो । दाहालसँग भेट्न नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम अपरान्ह त्यहाँ जानुभयो । उहाँ त्यसअघि हिजै बालकोट जानुभएको थियो ।

टिप्पणीहरू