भारतीय ट्रक दुर्घटनामा चालकको मृत्यु

भारतीय ट्रक दुर्घटनामा चालकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका ११, कान्ति लोकपथमा भारतीय ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सि.जी ०७ बी.एच. ५५२७ नम्बरको ट्रक सडकबाट तल खस्दा ४० वर्षीय चालक सुरेन्द्र यादवको ज्यान गएको हो ।

मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार भारतको पटना, महाबलिपुर घर भएका यादवको मृत्यु भएको हो । आज बिहान हेटौँडाबाट कान्ति लोकपथको ठिंगनतर्फ जाने क्रममा उक्त दुर्घटना भएको हो ।

चालकको घटनास्थलमै मृत्यु भए पनि सहचालक बाँच्न सफल भएका छन् । भारतको रौतास घर भएका अन्दाजी १८ वर्षका अजित यादव हामफालेर बाँचेका हुन् ।

टिप्पणीहरू