बिदाको दिन हजारौं सवारी चालक कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा अस्ति र हिजो दुई हजार बढी चालकलाई कारवाही गरेको छ । शुक्रबार साँझदेखि हिजो बेलुकीसम्म राजधानी उपत्यकामा मात्र दुई हजार ४२ जना सवारी चालकलाई कारवाही गरिएको हो ।
उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका चालकहरु कारवाहीमा परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार राति र हिजो बिदाको दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएका २ सय ३३ जना कारवाहीमा परेका हुन् ।
त्यसैगरी फुटपाथमा सवारी साधान पार्किङ गरेका १ सय ७ जना, तीब्र गतिमा सवारी साधन चलाएका ९५ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ६३ जना एवम् लेन अनुशासन उल्लंघन गर्ने ५० जना पनि कारवाहीमा परेका छन् ।
त्यसैगरी सवारी साधनको ढोका खुल्ला राखेर चलाउने ५७ जना, ट्राफिक लाइटको संकेत उल्लंघन गर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू