आज ५३ जनामा संक्रमण, २० जना निको

आज ५३ जनामा संक्रमण, २० जना निको

पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनाको पिसीआर परीक्षणमा ३९ र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् । हाल देशभर तीन सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । आज कोरोना संक्रमणबाट कसेको मृत्यु भएको छैन ।

आज ५३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको छ ।

टिप्पणीहरू