सुब्बा सा”ब मध्यराती बजेट तलमाथि पार्न छिरेको सिसिटिभी फुटेज सोत्तर
अर्थ मन्त्रालयले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति मन्त्रालय छिरेको विषय विवादमा परेपछि त्यस दिनको सिसिटिभी फुटेज उपलब्ध गराउन असमर्थता जनाएको छ ।
मन्त्रालयमा जडान भएका सीसी क्यामराको भिडियोको १३ दिनसम्म मात्र अभिलेख रहने क्षमता भएकाले फुटेज उपलब्ध गराउन नसक्ने भन्दै लिखित जानकारी पठाएको हो ।
जेठ १४ गतेभन्दा अघिको त्यस्तो भिडियो अभिलेख क्रमशः मेटिँदै जाने मन्त्रालयले उपभोक्ता हित संरक्षण मञ्च नेपाललाई पठाएको पत्रमा उल्लेख छ । मञ्चले फुटेज माग गरेपनि मेटिइसकेकाले उपलब्ध गराउन नसक्ने भन्दै मन्त्रालयले हात उठएको हो ।
मञ्चले गत असार १४ गते फुटेजको प्रतिलिपि मागेको थियो । २०७८ भदौ २४ गतेदेखि गत जेठ १४ गतेसम्मको फुटेज उपलब्ध गराउन मञ्चको आग्रह थियो । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मन्त्रालयमा के–कस्ता व्यक्तिको आगमन भएको थियो सोसम्बन्धी जानकारीसहित अध्ययन गर्न फुटेज चाहिएको मञ्चले पठाएको पत्रमा उल्लेख थियो ।
टिप्पणीहरू