विश्वविद्यालयका दुई उपप्राध्यापकलाई हटाउने तयारी
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले दुई जना उपप्राध्यापकलाई दोस्रो पटक स्पष्टिकरण सोधेको छ ।
शिक्षा शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक हिमाकुमारी रावल र सरस्वती दवाडीलाई विश्वविद्यालयले शुरूमा वैशाख २५ गते १५ दिने स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नआएपछि उनीहरूलाई पुनःस्पष्टिकरण सोधेको हो ।
उपप्राध्यापकहरु विना जानकारी लगातार ९० दिनसम्म त्रिभुवन विश्वविद्यालयमा अनुपस्थित भएका थिए । त्रिवि कार्यकारी परिषद्को यही असार १२ को निर्णयअनुसार ३५ दिनभित्र स्पष्टिकरण दिन सूचना जारी गरिएको छ ।
स्पष्टिकरण चित्तबुझ्दो नआएमा भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई हटाउने तयारी गरिएको छ ।

टिप्पणीहरू