राजधानीका सडकमा विद्युतीय बस, चालक र सहचालक सबै महिला
साझा यातायातले पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले आजबाट काठमाडौँ उपत्यकामा तीन वटा विद्युती बस सञ्चालनमा ल्याएको हो । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बसस सेवाको उद्घाटन गर्नुभएको हो । अब साझाले ३७ वटा विद्युतीय बस आगामी दुई वर्षमा नेपाल ल्याउने तयारी गरेको छ ।
दुई वटा बसमध्ये एउटा नयाँ बसपार्क, बालाजु, ठमेल, रत्नपार्क, सिंहदरबार, बानेश्वर, मीनभवन हुँदै एयरपोर्ट रुटमा गुड्ने छन् । अर्को लगनखेल, लैनचौर, बाँसबारी हुँदै बुढानीलकण्ठ रुटमा चल्ने छ । ती बसमा चालक र सहचालक सबै महिला छन् ।
टिप्पणीहरू