फेसबुक फ्रेण्ड युवतीद्वारा लाखौं ठगी

फेसबुक फ्रेण्ड युवतीद्वारा लाखौं ठगी

नवलपरासीकी एउटी २६ वर्षे युवतीले चितवनका ५३ वर्षे पुरुषलाई लाखौं ठगेकी छन् । गैंडाकोट ११ की साम्भवी पौडेलले फेसबुक फ्रेण्ड बनेर भरतपुर १ का पुरुषलाई २६ लाख ४५ हजार सात सय रुपैयाँ ठगेकी हुन् ।

युवतीको फेसबुक फ्रेण्ड रिक्वेस्ट स्वीकारेपछि बिस्तारै नजिकिएका पुरुषले उनको आग्रहबमोजिम गर्दै जाँदा झण्डै २७ लाख स्वाहा पारेका हुन् । नवलपरासीकी युवतीले आफूलाई विभिन्न प्रलोभनमा ठगेको भन्दै पुरुषले उजुर गरेपछि प्रहरीले पौडेललाई असार १८ गते पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट म्याद थप गर्दै युवतीमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू