हैजा संक्रमितको संख्या २७ पुग्यो
मुलुकमा हैजा संक्रमितको संख्या २७ पुगेको छ । दुई साता अघिदेखि फैलिएको हैजा मुख्यगरी उपत्यकाका विभिन्न स्थानमा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २७ जनामा हैजा पुष्टि भएको जनाएको छ । तीमध्ये १० जनाको केस स्टूल कल्चर गरिएका छ भने १२ केस आरडिटी र पाँच वटा केस ह्याङिङ ड्रपबाट पुष्टि भएको हो ।
टिप्पणीहरू