श्रममन्त्री कुँवरको आफ्नै प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जोखिमपूर्ण क्षेत्रमा काम गर्ने श्रमिकका मागलाई सम्बोधन गर्न आफू तयार रहेको बताउनु भएको छ ।
नेपाल इलेक्ट्रिसियन संघको ११ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै उहाँले श्रमिकका मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनु भएको हो । विद्युतीय क्षेत्रमा अन्यको तुलनामा धेरै जोखिम भएकाले त्यहाँ कार्यरत श्रमिकका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
हिजो राजधानीमा आयोजित साधारण सभामा उहाँले, ‘इलेक्ट्रिसियन क्षेत्रमा कार्यरत श्रमिकले विद्युतसँग लुकामारी खेल्दै जोखिम मोल्नुपर्ने भएकाले उनीहरुका समस्या, पीडा र सुरक्षाको लागि आफू र आफ्नो मन्त्रालय सँधै तयार छ ।’
टिप्पणीहरू