चिनियाँ पाहुना सवार विमान काठमाडौैंमा अवतरण
चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुग्नुभएको छ । प्रमुख लिउ नेतृत्वको टोलीसवार एअर चाइनाको चार्टर विमान १० बजेर ५ मीनेटमा काठमाडौंमा अवतरण गरेको हो ।
चीनको छेन्दुबाट आएको सीए ४३७ उडान नम्बरको विमानमा छ जना पाहुना छन् ।
गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेपछि चीनको तर्फबाट भएको यो दोस्रो उच्चस्तरीय भ्रमण हो । गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बन्नुभएका लिउ नेतृत्वको टोली चार दिन नेपालमा रहनेछ ।
टिप्पणीहरू