५ वर्षपछि चीनको सांघाई पनि तात्यो
चीनको सांघाई शहर र वरिपरिको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । सांघाई नगरपालिका मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा ‘रेड अलर्ट’ समेत जारी गरिएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जुलाई ५ देखि सो क्षेत्रमा लगातार उचच तापक्रम मापन गरिएको छ । हिजो सांघाई भित्री शहरको तापमान ४० डिग्री सेल्सियस पुगेको हो ।
सन् १८७३ देखि हालसम्म सांघाईमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम १५ पटक रेकर्ड गरिएको छ । यसअघि पछिल्लो पटक सन् २०१७ मा त्यहाँको तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।
यता भारतमा पनि तापक्रमले उच्च रेकर्ड कायम गरेको छ । राजधानी नयाँ दिल्लीमा अस्ति शनिबारको तापक्रम ४५ डिग्री सेल्सियस माथि पुगेको थियो ।
टिप्पणीहरू