राष्ट्रियसभाको सन्देश सुनाउने प्रतिनिधिसभाको बैठकमा खै त माननीयहरु !

राष्ट्रियसभाको सन्देश सुनाउने प्रतिनिधिसभाको बैठकमा खै त माननीयहरु !

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुग्दा बुधवारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक,२०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको यकिन गर्न माग गर्नुभएको थियो । तत्पश्चात तीन मीनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधवार बस्नेगरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो ।

टिप्पणीहरू